पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले एक वर्षसम्मका बालबालिका दिँदै आएको मासिक ५ सय रुपैयाँ भत्तालाई निरन्तरता दिने भएको छ ।
बालबालिकामा कुपोषण नहोस् भनेर गाउँपालिकाले १ वर्षसम्मका बालबालिकालाई मासिक ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएके छ ।
गत साउनदेखि ती बालवालिकालाई प्रोत्साहन वापत उक्त रकम उपलब्ध गराउँदै आएको र यसलाई निरन्तरता दिइने गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईले बताए ।
यस्तै गर्भवती महिलाले ४ पटकसम्म स्वास्थ्य जाँच गरेको खण्डमा गाउँपालिकाले २ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
अब गर्भवती आमाले सरकारले उपलब्ध गराउँदै आएको एक हजार रुपैयाँ, चार पटक स्वास्थ्य जाँच गरेको एक एक सयका दरले ४ सय र गाउँपालिकाले दुई सय रुपैयाँ गरेर जम्मा एक हजार छ सय रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्