१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


आइतबारदेखि देशभर मतदाता नामावली संकलन सुरु गरिने


0
Shares

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले साउन १ गते देखि १५ गतेसम्मको लागि नामावली संकलन गर्ने जनाएको छ ।

यसअघि सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि आयोगले यसपटक नागरिकता जारी भएकै जिल्लामा गएर मतदाताको लागि फर्म भर्नुपर्ने जनाएको छ ।

यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यहि अवधिमा सच्चाउन सकिने व्यवस्था गरिएको छ ।

यसैबीच दलहरुले भने स्थानीयतहमै पुगेर मतदाता नामवली संकलन गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

उनीहरुले मतदाता नामवली संकलनका लागि १ महिनाको अवधि कायम गर्नुपर्ने माग गरेका छन् ।

आयोगले भने समय अभाव र जनशक्ति पर्याप्त नहुँदा घरदैलोमा पुगेर मतदाता नामवली संकलन गर्न नसकिएको जानकारी दिएको छ ।