फाइल फोटो
नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडानकार्य गर्नुपर्ने भएकाले विद्युत्भार कटौती गर्न लागिएको हो ।
केन्द्रका अनुसार नयाँ चाबहिल सव स्टेसनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत् पर्ने गोपीकृष्ण हल, सरस्वतीनगरलगायतका क्षेत्रमा दैनिक दुईदेखि तीन घन्टा विद्युत् कटौती हुनेछ ।
यस्तै, राजधानीका अन्य क्षेत्रमासमेत मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका कारण सामान्यरुपमा अवरोध आउनसक्ने प्राधिकरणले जनाएको छ ।
यस्तै, काठमाडौंको बानेश्वर सवस्टेसनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण बागमती, धोवीखोला क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शंखमूल क्षेत्र, बानेश्वर कोटेश्वर र इमाडोल क्षेत्रमासमेत फरक–फरक समयमा दैनिक चार घन्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
पुग्दो मात्रामा विद्युत् उपलब्ध भइरहेको भएपनि सवस्टेसनको क्षमता वृद्धि तथा प्रसारणलाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्नुपरेको हो । रासस









प्रतिक्रिया दिनुहोस्