Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सेयर साप्ताहिकः कारोबार बढ्यो, नेप्से सामान्य ऋणात्मक


0
Shares

यो साता नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीहरुको चार अर्ब २० करोड रुपैयाँ बराबरका एक करोड १४ लाख ३८ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

कारोबार रकम गत साताकोभन्दा ५९ प्रतिशत बढी हो । गत साता १६२ कम्पनीहरुको दुई अर्ब ६३ करोड रुपैयाँ बराबरका ७० लाख २३ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले घटेर अन्तिम दिन १५८२.६७ अंकमा पुगेको छ ।

समूहगत परिसूचकअन्तर्गत् उत्पादनमूलक समूह सबैभन्दा उच्च २२ अंकले सकारात्मक रह्यो भने बिमा समूह सबैभन्दा उच्च २४ अंकले ओरालो लाग्यो ।

यो साता कारोबार रकम (३० करोड २९ लाख)को आधारमा नबिल बैंक संस्थापक अग्रस्थानमा रहेको छ ।

कारोबार रकमकै आधारमा नबिल बैंकलाई नेपाल लाइफ इन्स्योरेन्स, सोल्टी होटल, नेपाल क्रेडिट एन्ड कमर्स बैंक अनि फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले क्रमशः पच्छ्याउन पुगे ।

यो साता नेप्सेमा डिप्रोक्स लघुवित्त संस्था र भार्गव विकास बैंकको हकप्रद अनि रिलायबल डेभलपमेन्ट बैंक र सूर्य लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएका छन् ।