१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


आजदेखि ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन


0
Shares

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले साउन १ गते देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गर्ने जनाएको छ ।

यसअघि, सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि आयोगले यसपटक नागरिकता जारी भएको जिल्लामै मतदाता फाराम भर्नुपर्ने जनाएको छ ।

यसअघि प्रकाशित नामावलीमा नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यहि अवधिमा सच्चाउन सकिने व्यवस्था गरिएको छ ।