
इस्तानबुलमा आयोजित र्यालीलाई सम्बोधन गर्दै अर्दोगानले सेनाको एक टोलीले गत वर्षको जुलाई १५ मा गरेको ‘कू’को असफल प्रयासपछिका सबै कारबाही जायज र उपयुक्त रहेको जिकिर गरे ।
अस्त्रहीन निहत्था नागरिकको मुलुकलाई बचाउने आत्मविश्वासले नै कू विफल बनाउन सकिएको तर्क पनि उनको थियो ।
सत्ताकब्जामा संलग्न रहेकालाई मृत्युदन्ड दिनु जायज भएको भन्दै उनले तिनीहरु सबैले ग्वान्तानामो बन्दीगृहका कैदीलेजस्तै कपडा पहिरिनुपर्ने जिकिर पनि गरे ।
असफल कूकाक्रममा त्यहाँ २५० भन्दा बढी मानिस मारिएका थिए भने दुई हजार १९६ जना घाइते भएका थिए ।
विरोधीहरुले भने शुद्धीकरणको बहानामा अर्दोगानले विपक्षीलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् ।
अर्दोगानको स्वेच्छाचारिताको विरोध गर्ने हजारौंलाई धरपकड गरिएको र बेपत्ता बनाइएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् ।
गत वर्षको उक्त घटनामा मुस्लिम धर्मगुरु फतेउल्लाह गुलेनको संलग्नता रहेको दाबी सरकारको भएपनि अमेरिकामा रहेका गुलेनले भने आरोप अस्वीकार गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्