Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


नेपाल वायुसेवा निगम अनलाइन बुकिङ्ग प्रणालीमा


0
Shares

अव निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न सक्ने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीले एक समारोहका बीच अनलाईन बुकिङ्ग सेवाको उद्घाटन गरे ।

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आवद्ध गरिने जनाइएको छ ।