१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


उम्मेदवारहरुले निर्वाचन खर्च सार्वजनिक गर्न मानेनन्


0
Shares

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारले खर्च विवरण अनिवार्य पेस गर्नुपर्नेमा अहिलेसम्म २५ प्रतिशतले मात्र निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।

जिल्लामा विभिन्न पदका लागि ५ सय १७ जनाले चुनावमा प्रतिस्पर्धा गरेकोमा १ सय २० जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी नबिन खालिङले जानकारी दिए ।

नियम उल्लंघन गर्दै निर्वाचन खर्च विवरण नबुझाउने ३ सय ९७ जनालाई कारबाही गर्ने तयारी भइरहेको खालिङको भनाइ छ ।