मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङलाई एकहप्ते अल्टिमेटमसहित १० बुँदे माग दिएका हुन् ।
भूकम्प प्रभावित गुम्बा बिहार पुनःनिर्माण संघर्ष समिति गठन गरी भूकम्प प्रभावित २५ जिल्लामा संघर्ष गर्ने उनीहरुले बताएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बौद्धगुम्बा तथा बिहार पुनःनिमार्णका लागि ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरे पनि कुनै काम हुन नसकेको भन्दै ९९३ ओटा गुम्बा तथा बिहार तत्काल पुनःनिर्माण गर्नुपर्ने संघर्ष समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक गुरुङले गुम्बा तथा बिहारको नक्सा र डिजाइनको नाममा करिब दुई करोड रुपैयाँ रकम हिनामिना गरेको आरोप पनि संघर्ष समितिको छ ।









प्रतिक्रिया दिनुहोस्