Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


तिलगंगादेखि कलंकीसम्म ‘स्काई रेल’, यस्तो छ प्रस्ताव


0
Shares

कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौंका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी गराए ।

कम्पनीका अध्यक्ष पाण्डेले तिलगंगाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नयाँबानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म ‘स्काई रेल’ सन्चालन गर्न सकिने बताए ।

त्यस्तै, नारायणगोपालचोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भूबाट बौद्धसम्म पनि ‘स्काई रेल’ सन्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीकाअनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्छ ।

‘मेट्रो रेल’को तुलनामा ‘स्काई रेल’ सन्चालनका लागि २० प्रतिशत रकम कम लाग्नेछ ।

प्रतिवेदनअनुसार कामपामा सन्चालन गरिने रेलमा तीनओटा डिब्बामात्र राख्न सकिने भएपनि सामान्यतया एउटा रेलमा ८ ओटासम्म डिब्बा राख्न सकिन्छ । रेलको एउटा डिब्बामा २०० यात्री अट्न सक्छन् ।

चिनियाँ कम्पनी विवाइडीसँगको सहकार्यमा गरिएको सम्भाव्यता अध्ययनमा लागतसहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमामात्र थाहा हुनेछ ।

कामपा र साइमिक्सबीच ‘स्काई रेल’ सन्चालन सम्भाव्यता अध्ययनका लगि गत माघ २६ गते सम्झौता भएको थियो । रासस