Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशनः कतैपनि काम भएन, बजेटै ‘छैन’ (भिडियो)


0
Shares

तर, प्रधानमन्त्रीको निर्देशनको दुई दिन बितिसक्दा पनि सरोकारवाला निकायहरुलाई खासै तातो लागेको छैन ।

गत शुक्रबार काठमाडौंको नेपालटारमा एकजना ९ वर्षीया बालिकाको ढलमा बगेर ज्यान गयो भने सोही दिन सामाखुसीमा १३ वर्षीया किशोरी पनि बाटो काट्नेक्रममा ढल खसिन् र तत्काल उद्धार भएकाले उनको ज्यान जोगियो ।

यी दुई घटनाले राजधानीमा सडक तथा नालाहरुको अवस्था कस्तो छ भन्ने स्पस्ट पार्दछ । सायद यही मनन् गरेर होला, प्रधानमन्त्री शेरबहादुर देउवाले गत आइतबार सरोकारवाला मन्त्री, सचिव तथा विभागीय प्रमुखहरुलाई डाकेर तत्काल सडक तथा ढलहरुको मर्मत गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले यसका लागि १५ दिनको समय दिएका छन् । तर, यसबीचमा कतैपनि देखिने गरी काम सुरु भएको पाइएको छैन ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारी त यो विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिन चाहे । यद्यपि, तिवारीले ‘सरोकारवाला निकायहरुले प्रधानमन्त्रीको निर्देशन आत्मसात् गरेर तत्काल कार्यन्वयन गर्नुपर्छ’–भने ।

प्रधानमन्त्री देउवाले विकास निर्माणसँग सम्बन्धित निकायहरुलाई समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन् ।

प्राधिकरणका विकास आयुक्त तिवारी भने बजेट निकासी नभएका कारण कतैपनि काम हुन नसकेको बताउँछन् ।

उनले बजेट निकास नभएसम्म विकास निमार्णको काम अघि बढ्न नसक्ने पनि स्पस्ट पारे ।

भिडियो हेर्नुहोस्