Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


उदयपुरमा २५ प्रतिशतमात्र धान रोपाइँ


0
Shares

पर्याप्त वर्षा नभएको र आकाशेपानीमा निर्भर जमिन बढी भएकाले रोपाइँ हुन नसकेको हो ।

जिल्लामा धान उत्पादन हुने क्षेत्र १३ हजार ३ सय ८० हेक्टर जमिन रहेकामा साउन २ गतेसम्म ३ हजार ३ सय ४५ हेक्टर जमिनमामात्र रोपाइँ भएको कृषि विकास कार्यालयका कृषि प्रसार प्रमुख उदयनारायण शर्माले जानकारी दिए । स्थानीय तह निवार्चनका कारण पनि रोपाइँ हुन नसकेको उनको भनाइ छ ।

गत वर्ष असार मसान्तसम्ममा ८० प्रतिशत रोपाइँ सकिएको थियो भने ५२ हजार ४६२ मेट्रिकटन धान उत्पादन भएको थियो ।

उदयपुरमा ११ हजार ५२८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्छ भने १ हजार ८५२ हेक्टर जमिन आकाशेपानीमा भर पर्नुपर्छ ।

धान उत्पादको पकेट क्षेत्र मानिएको रामपुर, तपेश्वरी, बसाहा, हडिया, त्रियुगा, मुर्कुची, नेपालटार, कटारी, त्रिवेणी, रिस्कुमासमेत ७० प्रतिशत रोपाइँ भएको छ । धानको बीउ ब्याडमा राखेको ४५ दिनभन्दा बढी भएको छ ।

यो हप्ता पनि वर्षात् नहुने हो भने बीउ ब्याडमै कुहिने भयले कृषक चिन्तित छन् ।