
तनहुँ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले महर्षि वेदव्यासको पठनपाठन सुरु गरेको छ ।
चार वेद र अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मस्थान तनहुँमा व्यासको औपचारिक रुपमा पढाइ सुरु गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले विद्यार्थीलाई व्यास र परासरका बारेमा जानकारी दिने उद्देश्यले सत्यवती माध्यमिक विद्यालयले कक्षा ११ मा पढाइ सुरु गरेको बताए ।
गतसाउनमा व्यास नगरपालिकाले बैठक गरी विद्यार्थीलाई व्यासको जानकारी गराउने उद्देश्यले पाठ्यक्रम लागू गर्ने निर्णय बमोजिम विद्यालयमा व्यासको पढाइ सञ्चालनमा ल्याइएको हो ।
व्यासका अध्येता काशीनाथ न्यौपानेले तयार पारेको किताव अहिले नगरमा रहेका सामुदायिक र नीजि प्लस टु कलेजमा पढाइने भएको छ ।
किताव पहिलो चरणमा कक्षा ११ मा लागू हुने गरी तयार पारिएको छ भने अर्को वर्ष १२ कक्षाका लागि तयार पारिनेछ ।
पाठ्यपुस्तकमा व्यास जन्मभूमीको महत्व, जन्म, सिर्जना गरेका ग्रन्थलगायत विभिन्न ब्यासका बारेमा समेटिएका तथ्यहरु राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्