Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपाल एकदिवसीय क्रिकेट वरियता क्रममा प्रवेश


0
Shares

काठमाडौं । युएई विरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला जितेसँगै नेपाल एकदिवसीय क्रिकेट वरियता क्रममा प्रवेश गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गएराति वरियता सार्वजनिक गर्दा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो । नेपाल आईसीसी वरियताको पुछारमा छ । 

वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १ सय ५२ अंक छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा इङ्ल्याण्ड छ । उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ ।

वरियता क्रममा भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा छन् ।

यस्तै, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अप्mगानिस्तान पनि शीर्ष १० भित्र अटाएका छन् ।

जिम्बावे ११औं स्थानमा छ भने आयरल्याण्ड १२औं, स्कटल्याण्ड १३औं, यूएई १४औं तथा नेपाल १५ औं स्थानमा छ ।

युएईविरुद्धको तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित हासिल गर्दै नेपालले पहिलो पटक एकदिवसीय श्रृंखला जितको थियो ।