मादी नदीबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाका दुईओटा टर्वाइन सन्चालन गरिएपछि २४ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिएको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए ।
गत असार १२ गते भीषण वर्षासँगै आएको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि उत्पादन घटेर ८ मेगावाटमा पुगेको थियो ।
आयोजनाको मर्मतपछि यही साउन १ गतेदेखि पूर्णक्षमतामा विद्युत् उत्पादन हुनथालेको बरालले बताए ।
करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा विदेशी लगानी जुटाइ निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, भूकम्प र सुरुङ खन्नेक्रममा पहिरो जानेजस्ता समस्याले लागत बढेर रु ८ अर्ब पुग्न गएको थियो ।
वि.सं. २०६९ साल पुसदेखि सुरु भएको आयोजनाको निर्माणकार्य २०७३ पुस १५ गते सम्पन्न भएको थियो । रासस









प्रतिक्रिया दिनुहोस्