उतार–चढावबीच यसदिन बजार परिसूचक १ अंक बढीले ऋणात्मक रहेर १६ सय ३७ कायम भएर थामियो । कारोबार भने उच्च नै रह्यो ।
बिमा र होटल समूहबाहेक अरु समूह ओरालो लागे । वित्त, विकास बैंक, जलविद्युत्, वाणिज्य बैंक, उत्पादनमूलक र अन्य समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् । बिमा समूहमा भने ५१ अंकको सुधार आयो । होटल समूह १० अंकले सकारात्मक रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीको १६ लाख ९२ हजार कित्ता सेयर १ अर्ब १८ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्