महानगरपालिकाको महानगर परिषदले बढाएको करको निजी क्षेत्रको छाता संगठन नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको हो ।
आर्थिक विधयेक २०७४ पारित गर्दै महानगरपालिकाले सवारी–साधनमा दोब्बर कर बढाएको छ ।
इन्जिनबाट चल्ने दुईपांग्रे मोटरसाइकल, स्कुटर वा त्यस्तै सवारी–साधनको कर बढाएर वार्षिक ४०० रुपैयाँ पुयाएको छ । यसअघि, वार्षिक २०० रुपैयाँ थियो ।
‘काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न भनी गरिएको कर वृद्धि आफूहरुलाई मान्य नभएको’ चेम्बरद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्