बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा उत्कृष्ट ५ को नाम घोषणा गरिएको हो ।
अवार्डमा २६ विधामा २७ एजेन्सीले २५३ शीर्षकमा नामांकन गरेका छन् । कृति अवार्ड विज्ञापनदाता, विज्ञापन निर्माता, सन्चारकर्मी र उद्योगकर्मीबीच लोकप्रिय रहेको आनको दाबी छ ।
अवार्ड आगामी भदौ महिनाको दोस्रो हप्ता आयोजना हुने आनका महासचिव नारायणकुमार श्रेष्ठले बताए ।
नेपाल विज्ञापन संघले २०६० सालदेखि अवार्ड आयोजना गर्दै आइरहेको छ ।
घोषणा कार्यक्रममा आनका अध्यक्ष सन्तोष श्रेष्ठले ‘क्लिन फिड’ नीति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्