२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सिरियामा विपक्षी समूहलाई सहयोग बन्द गर्ने अमेरिकाको तयारी


0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सिरीयाली विपक्षी समूहलाई अमेरिकाले गर्दै आएको सहयोग रोक्न लागिएको हो ।

अमेरिकी जासुसी संस्था सिआईएले सिरीयाली विपक्षी समूहलाई दिँदै आएको तालिम र सैन्य सामग्री तथा उपकरण सहयोग कटौती हुने भएको हो ।

यसले सिरियाली राष्ट्रपति असदलाई प्रत्यक्ष रुपले फाइदा पुग्नेछ भने सिरीयाली सत्ताको निकट सहयोगी मानिने रुसलाई रणनीतिक फाईदा पुग्नेछ ।

रुसलाई खुशी पार्न ट्रम्प प्रशासनले यस्तो निर्णय गरेको जानकारहरुले बताएका छन् ।

सिरियाली शासक असदविरुद्धको आन्दोलनमा सघाउन सन् २०१३ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालामा तालिम तथा सैन्य सहयोग कार्यक्रम सुरु गरिएको थियो ।

सिरीयाली विपक्षी समूहलाई अमेरिका लगायतका पश्चिमाहरुको साथ रहँदै आएको छ भने सरकार पक्षलाई रुस, ईरानलगायतका मुलुकको साथ रहँदै आएको छ । (एजेन्सी)