२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ट्रम्पका जेठा छोरा र म्यानाफर्टलाई सिनेट समितिमा उपस्थित हुन आदेश


0
Shares

उनीहरु अमेरिकी सिनेटको समितिमा अर्काेहप्ता उपस्थित हुनुपर्ने भएको हो । उनीहरुलाई आगामी जुलाई २४ सोमबारका दिन सिनेटको ‘इन्टेलिजेन्स कमिटी’को बैठकमा सुनुवाईका लागि बोलाइएको हो ।

सन् २०१६ को निर्वाचनका समयमा रुससँग गरेका इमेल वार्तालापका श्रृंखलाहरु सार्वजनिक गरेका राष्ट्रपतिका जेठा छोरा र सो निर्वाचनका प्रमुख व्यवस्थापक पाउललाई सोही विषयमा बुझ्नका लागि बोलाइएको बताइएको छ ।

राष्ट्रपतिका छोराले ती इमेलमा आफ्ना पितालाई राष्ट्रपतिमा विजयी गराउनका लागि पत्राचार गरेको स्वीकार पनि गरिसकेका छन् ।

ती इमेलमा एकजना रुसी वकिलले राष्ट्रपतीय निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जुनियरले स्वागत गरेका छन् ।

ती मेलहरु उनले मंगलबार सार्वजनिक भएपछि अमेरिकामा एउटा नयाँ विवादको सुरुवात भएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराको उक्त कार्यको बचाउ गरेका छन् । रासस/सिन्ह्वा