२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘प्रहरीको कुटाइबाट’ हिरासतमा रहेका एक युवा मारिएपछि सिमलामा तनाव


0
Shares

सामुहिक बलात्कार र त्यसपछि युवतीको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका युवा प्रहरीको कुटाइबाट मारिएको बताइएको छ ।

सो घटनालाई प्रहरी यातनाको पराकाष्ठा भन्दै सिमला बजार क्षेत्रमा बिहीबार (आज) सयौँको संख्याका प्रदर्शनकारीले प्रहरी यातनाका विरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनका कारण सिमलाका होटल ब्यवसाय बन्द गरिएको छ । बिहीबार (आज) विद्यालय र विश्वविद्यालय पनि बन्द भएका छन् भने प्रदर्शनकारीहरुले हिंसात्मक प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले हिरासतमा राखेका व्यक्तिलाई मार्न पाइँदैन, हामीलाई न्याय चाहिन्छ भन्दै नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँसले प्रहार गरेको थियो ।

केही दिन अघिमात्र एक युवतीलाई सामुहिक बलात्कार गरी हत्या गरेको आरोपमा ६ जनालाई सो जेलमा राखिएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

स्थानीय नागरिकले हत्यामा संलग्नको खोजीमा प्रहरी चुस्त हुन नसकेको जनाएका छन् । उनीहरुले उक्त घटनामा अझै धेरैको संलग्नता रहेको बताएका छन् । रासस/एएफपी