अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले ओरालो लागेर तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बुधबार तोलामा १ सयले नै बढेर तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने यसदिन पनि तोलाको ७ सय २५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ३७ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्