
आक्रमणमा १० जना सैनिक र ६ जना प्रहरीको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिवान समूहले गरेको आक्रमणका क्रममा अन्य सात सुरक्षाकर्मी घाइते भएका छन् ।
सुरक्षा अधिकारीहरुले यो आक्रमणमा दोहोरो गोली हानाहान भएको र कयौं तालिवान लडाकुसमेत मारिएको दाबी गरेका छन् ।
केही तालिवानीलाई पक्राउसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।
कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता जिया दुरानीले घटनाको पुष्टि गरे पनि थप विवरण दिन अस्वीकार गरेको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्