
क्रेमलिनले रसियाली टुहुरा बालबालिका अंगीकार विषयमा दुई नेताबीच छलफल भएको जनाएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नियमित पत्रकार सम्मेलनका क्रममा दुई राष्ट्रपतिबीच भेटवार्ता भएको स्वीकार गर्दै बालबालिकाका विषयमा मात्र कुराकानी भएको बताएका हुन् । प्रवक्ता पेस्कोभले अमेरिकी नागरिकले रसियाली टुहुरा बालबालिकालाई अंगीकार गर्नमा प्रतिबन्ध लगाइएको कानुन रद्द गर्न लागिएको विषयलाई भने खण्डन गरे ।
सन् २०१२ को डिसेम्बरमा रसियाली राष्ट्रपति पुटिनले ल्याएको कानुनलाई अमेरिकाको म्याग्निट्स्की ऐनको बदलास्वरूप ल्याइएको बताइने गरेको छ । उक्त ऐन अमेरिकाले सन् २०१२ को अन्त्यतिर नै ल्याएको थियो ।
म्याग्निट्स्की ऐनले रसियाली वकिल सर्गेइ म्याग्निट्स्कीको हत्यामा संलग्न मानिएका रसियाली अधिकारीमाथि राजश्व छलीको आरोप लगाई अमेरिका भ्रमणमा रोक लगाउन भिसा नदिने र उनीहरूको सम्पत्ति जफत गर्ने विषयको व्यवस्था गरेको थियो ।
अमेरिकी सञ्चारमाध्यमले भने पुटिन र ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका अवसरमा दुई घण्टाको औपचारिक कुराकानीबाहेक गोप्य दिवा भोजमा सरिक भएको दाबी गर्दै आएका छन् । ह्वाइट हाउसले भने विज्ञप्ति जारी गर्दै दुई नेताबीच दिवा भोजमा छोटो कुराकानी बाहेक कुनै दोस्रो छलफल नभएको जनाएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै गोप्य भोजबारे आएका सबै समाचार बनावटी र आधारहीन भएको भन्दै खण्डन गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्