Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


स्थानीय बासिन्दाकै लगानीमा जलविद्युत आयोजना निर्माण गरिने


0
Shares

आयोजना निर्माणको विषयमा देखिएको विवादले प्रक्रिया अगाडि बढ्न नसकिरहेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका जिल्लाबासीकै लगानीमा निर्माण गर्ने सहमति भएको हो ।

सहमतिपछि आयोजना निर्माणको काम अब चाँडै शुरु हुने दरवाङ कालिका हाईड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका म्याग्दीबासीलाई धनी बनाउने उद्देश्यले आयोजनाबारे सकारात्मक धारणा बनाउन घरदैलो अभियान, अन्तर्क्रियालगायतका कार्यक्रम गर्ने तय भएको कुँवरले बताए । म्याग्दीका जनप्रतिनिधिहरुले पनि यसै आर्थिक वर्षको बजेटमा आफ्नो क्षेत्रमा रहेको जलविद्युत् आयोजना सञ्चालनलाई प्राथमिकता दिएका छन् ।