Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


दीपक मनाङेले लिए प्रदेशसभा सदस्यको शपथ


0
Shares

पोखरा, माघ १४ । दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले सोमबार प्रदेशसभा सदस्यको शपथ लिएका छन् ।

गन्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

शपथग्रहणपछि सन्चारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै मनाङेले चुनावमा आफूले गरेको प्रतिबद्धता पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मनाङको प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवार बनेका मनाङेलाई निर्वाचनमा वाम गठबन्धनले समर्थन गरेको थियो ।

प्रदेशसभामा विजयी भएपनि उनको सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दा भएका कारण मनाङेले शपथ लिन पाएका थिएनन् ।

मनाङे करिब ८ महिना जेलसमेत बसेका थिए ।

पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका मनाङेले शपथका लागि निवेदन दिएका थिए ।