विराटनगर जुट मिल सञ्चालक समितिले करिव तीन वर्षदेखि बन्द अवस्थामा रहेको मिल सञ्चालनका लागि पहल थालेको हो । मिल सञ्चालक समितिले आगामी तीन महिना भित्रै मिल संचालन गर्ने गरी तयारीमा जुटेको छ ।
विद्युत प्राधिकरणले मिल संचालनका लागि आवश्यक पर्ने ३३ केभिए लाइन जडानका लागि अनुमति दिएलगत्तै सानो आकारमा भए पनि मिल संचालनको लागि बाटो खुलेको हो ।
मिल संचालक समितिले आन्तरिक स्रोत परिचालन गरी पहिलो चरणमा दैनिक १० टन जुट सामाग्री उत्पादन गर्ने लक्ष्यसहित मिल संचालन गर्ने तयारी गरेको जनाएको छ ।
करिव ३ करोड लागतमा ३३ केभिए विद्युत प्रसारण लाईनका लागि ट्रान्समिटर जडान गर्ने र पुराना मेसिन मर्मत गरी मिललाई सानो आकारमा संचालनमा ल्याउने विराटनगर जुट मिलका अध्यक्ष निलहरी काफ्ले बताउँछन् ।
२०७३ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा विद्युत अभावका कारण बन्द अवस्थामा रहेको जुटमिलको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले तत्काल मिल संचालनका लागि आवश्यक ३३ केभीए विद्युत प्रशासन लाईन जोड्न निर्देशन समेत दिएका थिए ।
प्रधानमन्त्री दाहालले दिएको सो निर्देशनलाई विद्युत प्राधिकरणले असार २८ गते मिल संचालनका लागि आवश्यक ३३ केभिए विद्युत प्रशासरण लाईन जोड्न अनुमति दिई मिल संचालनको बाटो खोलीदिएको हो । विराटनगर महानगरपालिका–१६ स्थित रानीमा रहेको मिल मुलुककै जेठो उद्योगको सुची पर्दछ । कुल ६९ विगा जमिनमा रहेको विराटनगर जुट मिल १९९३ मा भारतका उद्योगी राधाकृष्ण चमडियाले स्थापना गरेका हुन । ८१ वर्ष अघि स्थापना भएको सो उद्योगको आफ्नै विद्युत टर्बाइन हाउस, जोगबनी रेल्वे स्टेसनलाई जोडने रेल्वे यार्ड पनि रहेको छ ।









प्रतिक्रिया दिनुहोस्