Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


डडेल्धुराका लागि छुट्याइएको ६० करोड रुपैयाँ खर्च नहुँदा फ्रिज


0
Shares

जिल्लाको चालु तथा पूँजिगत गरी कूल ३ अर्ब ९१ करोड ८४ लाख ३६ हजार रुपैयाँ बजेटमध्ये ३ अर्ब ३१ करोड ८७ लाख ९३ हजार २ सय ४६ रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लाका ५४ वटा कार्यालयका लागि प्राप्त भएको रकम सबै खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशीले जानकारी दिए ।