
काठमाडौं, असार १८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको संरचना तयार भएको बताएका छन् ।
सोमबार नेपाल जन-प्रशासन संघले राजधानीमा गरेको कार्यक्रममा उनले अब बस्ने मन्त्रिपरिषदको बैठकबाट उक्त संरचना स्वीकृत हुने बताए ।
उनले ‘कर्मचारीहरुले विश्व बैंकबाट ऋण लिएर भएपनि सुविधा दिन र एक तह स्वतः बढुवा हुने व्यवस्था गर्न दबाब दिएपनि त्यसो गर्ने पक्षमा सरकार छैन’–भने ।
जस्तोसुकै दबाब आएपनि नमान्ने भन्दै आफू कठोर भएर काम गर्ने उनले बताए ।
कार्यक्रमका अरु सहभागीहरुले संघीय निजामती सेवा ऐन परिणाममुखी हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्