वीरगन्ज, माघ १४ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले वीरगन्ज महानगरपालिका सरसफाइ अभियानको सोमबार शुभारम्भ गरेका छन् ।
प्रदेश सरकारले ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’ नाराका साथ सुरु गरेको अभियानको मुख्यमन्त्री राउतले झाडु लगाएर वीरगन्जबाट शुभारम्भ गरेका हुन् ।
सो अवसरमा वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, प्रदेशसभाका सदस्य, विभिन्न कार्यालयका प्रमुख, सुरक्षाकर्मी, विभिन्न दलका प्रतिनिधि र विद्यार्थीहरुको सहभागिता थियो ।








प्रतिक्रिया दिनुहोस्