Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपालसामु २५५ रनको चुनौती


0
Shares

काठमाडौं, माघ १४ । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट जितका लागि नेपालले २५५ रनको चुनौती पछ्याइरहेको छ ।

दुबईस्थित आइसीसी एकेडेमीको मैदानमा जारी खेलमा नेपालका तर्फबाट विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्लले जवाफी ब्याटिङ थालेका छन् ।

यसअघि, नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली युएईले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २५४ रन बनायो ।

युएईले खराब सुरुआत गरे पनि अन्त्य भने निकै राम्रो गर्न सफल भयो ।

नेपालले सुरुआतमा कसिलो बलिङ गरेसँगै ४७ रन जोड्दा युएईले ४ विकेट गुमाइसकेको थियो । तर, त्यसपछि त्यसलाई निरन्तरता दिन नसक्दा युएईले पछिल्लो समय राम्रो ब्याटिङ गर्‍यो ।

करण केसीले २ तथा सोमपाल कामी, सन्दीप लामिछाने र पारस खड्काले समान १/१ विकेट लिए ।

यही खेलमार्फत् नेपालका युवा खेलाडी सन्दीप जोराले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका छन् ।

यो खेल जिते नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला जित्नेछ । पहिलो खेलमा युएई तथा दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।

यो खेलपछि नेपालले युएईसँग तीन खेलको ट्वेन्टी–२० शृंखला खेल्नेछ ।