
प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्दै कतारका राजा अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशलाई आह्वान गरेका हुन् ।
साउदी अरेबिया, इजिप्ट, बहराइन तथा संयुक्त अरब इमिरेट्स युएईले कतारमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।
कतारले आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै यी छिमेकी देशले उससँगको सम्बन्ध तोडेका हुन् ।
तर कतारले भने आफूले कुनै पनि चरमपन्थी समूहलाई आर्थिकसहितका कुनै पनि सहयोग नगरेको जिकीर गर्दै आएको छ ।
राजा अल थानीले टेलिभिजन सम्बोधनका क्रममा आफ्नो देश विरुद्ध गरिएको अभियानको विरोध गर्दै धैर्यताका लागि आफ्ना नागरिकलाई आग्रह गरेका छन् ।
समस्याका बारेमा पहिलो पटक सार्वजनिक वक्तव्य दिएका कतारी राजा अल थानीले प्रतिबन्धपछि पनि आफ्नो देशको जनजीवन पहिले जस्तै रहेको दाबी गरेका छन् ।
उनले कतार चरमपन्थीसँग लडिरहेको र यो कुनै बाहिरी दबाबका कारण नरहेको स्पष्ट पारेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्