५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


‘भारतसँग १० दिनका लागिमात्र युद्ध सामग्री’, चीन वा पाकिस्तानसँग युद्ध भए पराजय निश्चित !


0
Shares

भारतको नियन्त्रक एवं महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो खुलासा भएको हो । प्रतिवेदनअनुसार भारतीय सेनासँग १० दिनका लागि मात्र गोलाबारुद भण्डार छ । सघन युद्धको अवस्थामा १० दिनका लागि मात्र गोलाबारुद हुनु निकै चिन्ताजनक मानिन्छ ।

संसदमा शुक्रबार पेश गरिएको सो प्रतिवेदनमा जनाइएअनुसार सैन्य मुख्यालयले सन् २००९ देखि २०१३ का बीचमा सैन्य सामग्री खरिदको प्रक्रिया सुरु गरेको थियो । सो प्रक्रियाअनुसारका केही सामग्री खरिद गर्ने काम सन् २०१७ सम्म पनि पुरा नभएको जनाइएको छ ।

अर्डिनेन्स फ्याक्ट्री बोर्ड (ओएफबी) को कामकाजको चर्को आलोचना गर्दै प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१३ देखि ओएफबीका तर्फबाट आपूर्ति हुने गोलाबारुदको गुणवत्ता र मात्रामा कमी रहेकोतर्फ ध्यानाकर्षण गराइए पनि यस दिशामा कुनै प्रगति भएको छैन ।’

सो प्रतिवेदनका अनुसार युद्धको अवस्थामा ७० प्रतिशत ट्यांक र ४४ प्रतिशत गोलाबारुद १० दिनभित्रै समाप्त हुने अवस्था छ ।

उल्लेखनीय छ, भारत र चीनबीच पछिल्लो समय सैन्य तनाव बढेको छ । सीमा क्षेत्रमा दुवै पक्षका सेनाको उपस्थिति बाक्लो तुल्याइएको छ भने चीनले भारतलाई विनाशर्त सीमा क्षेत्रबाट सेना फिर्ता लैजान चेतावनी दिदैं आएको छ । (एजेन्सी)