५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


इजरायल–प्यालेस्टाइनबीच पुनः द्वन्द्व चर्कियो


0
Shares

हलामिसमा भएको आक्रमणमा अर्को एकजना इजरायली नागरिक घाइते भएका छन् । इजरायली प्रहरीको कारबाहीमा आक्रमणकारी पनि मारिएको जनाइएको छ ।

जेरुसेलममा मुसलमानले ‘हरम अल शरीफ’ र यहुदीले ‘टेम्पल माउण्ट’ भन्ने गरेको पवित्रस्थलमा प्यालेस्टाइनी र इजरायली सेनाबीचको तनाव मत्थर हुँदै जाँदा यो घटना भएको हो ।

यसअघि पूर्वी जेरुसेलम र पश्चिमी किनारामा इजरायली प्रहरीसँगको भिडन्तमा तीनजना प्योलेस्टाइनीको मृत्यु भएको छ भने सयौँ घाईते भएका छन् । सो स्थलको प्रवेशद्वारमा इजरायलले ‘मेटल डिटेक्टर’ राखेपछि प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासले इजरायलसँगको सम्पूर्ण सम्पर्क विच्छेद गरेको बताएका छन् ।

अन्य मुसलमान नेताले पनि सो कदमको विरोध गरेका छन् । पवित्रस्थलभित्र हतियार लुकाएर लगिएको कारण यस्तो कदम आवश्यक भएको इजरायली सरकारको जिकिर छ ।

पूर्वी जेरुसेलमको सो क्षेत्र सन् १९६७ को द्वन्द्वपछि इजरायलको अधिनमा छ भने प्यालेस्टाइनले त्यसलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ । (एजेन्सी)