सुर्खेत । कर्णाली प्रदेश सरकारको आयोजनामा आजदेखि प्रदेश समन्वय परिषद्को पहिलो बैठक सुरु भएको छ ।
प्रदेश सरकार गठन भएको ११ महिनापछि प्रदेश समन्वय परिषद्को बैठक बसेकोे हो ।
बैठकमा प्रदेश र स्थानीय तहबीच योजनाको अन्तरसम्बन्ध, कर प्रणाली, प्रादेशिक र स्थानीय तहका कानुन निर्माण तथा प्रशासनिक संरचनाबारे छलफल भइरहेको छ ।
परिषद्को बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिले देखिएको राजनीतिक अलमल प्रदेश समन्वय परिषद्को बैठकबाट हट्ने अपेक्षा राखेको बताएका छन् ।
प्रदेश समन्वय परिषद्को वैठकलाई सम्बोधन गर्दै उनले बैठकमा तीनै तहका जनप्रतिनिधि रहेकाले अलमल हट्ने बताए ।
परिषद्ले प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यको भावना प्रवद्र्धन गर्न मद्दत पुग्ने स्थानीय तहका प्रमुखहरुले विश्वास व्यक्त गरेका छन् ।
बैठक भोलिसम्म चल्ने छ । मुख्यमन्त्री संयोजक रहने प्रदेश समन्वय परिषद्मा प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, सचिव, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, प्रदेशभित्रका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख र उपप्रमुख सदस्य रहने छन् ।
प्रदेश सरकारको स्थानीय तह हेर्ने मन्त्रालयका सचिव समन्वय परिषद्का सदस्यसचिव रहने व्यवस्था छ ।








प्रतिक्रिया दिनुहोस्