साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२ अंकले बढेर अन्तिम दिन १६ सय ३५ अंकमा पुगेको छ ।
यो साता बिमा समूहमा सबैभन्दा उच्च ६ सय ४१ अंकको वृद्धि आयो । यस्तै, जलविद्युत् समूह ५८ अंकले एवं वाणिज्य बैंक समूहमा पनि ४० अंकले वृद्धि आयो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६५ कम्पनीहरुको चार अर्ब ७३ करोड ८२ लाख रुपैयाँ बराबरका ८७ लाख ५३ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ६८ कम्पनीहरुको चार अर्ब २० करोड ३४ लाख रुपैयाँ बराबरका एक करोड १४ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा करिब १३ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, कारोबार भएको सेयर संख्याको आधारमा लक्ष्मी भ्यालु फन्ड १ र कारोबार संख्याको आधारमा फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था अग्रस्थानमा रहे ।









प्रतिक्रिया दिनुहोस्