बैंकको सातौं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बैैंकका अध्यक्ष भोजबहादुर शाहले ५ नम्बर प्रदेशबाट ‘प्रदेश हेडक्वार्टर’ स्थापना सुरु भएको जानकारी गराए ।
बैंकले बुटवलमा प्रदेश कार्यालय स्थापनाको कार्य अगाडि बढिसकेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बैंकिङ क्षेत्र तरलताको अभावमा गुज्रिएपनि गएको वर्ष बैंकले राम्रो नाफा गर्न सफल भएको बताए ।
बैंकले गत वर्ष ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । बैंकको ग्राहक संख्या २ लाख ६० हजार पुगेको दाबी गरिएको छ ।
टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको मेगाले आफ्ना सेयरधनीलाई ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रियामा रहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्