२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बालिकाको मृत्युपछि विराटचोक क्षेत्रमा निषेधाज्ञा, ११ वटा टिप्पर जलाइयो


0
Shares

विराटनगर । मोरङको विराटचोकदेखि तीन किलोमिटर आसपास अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

सोमबार विराटचोकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले बाटो काट्दै गरेकी सुन्दरहरैंचा–९ कि ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान लिएपछि आक्रोसित बनेका स्थानीयले ११ वटा टिप्पर जलाइलिएका छन् ।

स्थानीयले टिप्परमाथि आगो लगाइदिए पछि स्थिती तनाबग्रस्त भएकोले अनिश्चित निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी गराएका छन् ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट विराटचौकले जनाएको छ ।