२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


परिवार विवादमा तानिएपछि ट्रम्पले भने– ‘माफी दिने अधिकार मसँग छ’


0
Shares

राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपका सम्बन्धमा ट्रम्प वा उनका सहयोगी कोही पनि दोषी पाइए आफैँ र आफ्नो परिवारलाई माफी दिनका लागि ट्रम्पले तरिका खोजिरहेको दावी सञ्चारमाध्यमले गरेको छ । त्यही सन्दर्भमा ट्रम्पले आफूसँग सुरक्षित माफी दिने अधिकार र शक्तिका बारेमा ट्वीटमार्फत् प्रष्ट गरेका हुन् ।

ट्रम्पले माफी दिने बाटो खोजिरहेको खबर वासिंटन पोष्टले छापेको छ । खबर सार्वजनिक भएलगत्तै विपक्षी डेमोक्रेटिक पार्टीका प्रवक्ताले भने यसलाई निकै चिन्ताजनक बताएका छन् ।

अमेरिकी जासूसी र अनुसन्धान निकायहरु राष्ट्रपति निर्वाचनमा रुसको संलग्नता भए÷नभएको खोजीरहेका छन् । जासूसी निकायको आशंका रुसी सहयोगका सम्बन्धमा छ भने रुसले आरोप अस्वीकार गर्दै आएको छ । (एजेन्सी)