माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आइतबार बिहान उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मालगायतको उपस्थितिमा अध्यक्ष दाहाललाई संघले तत्काल पहल थाल्न आग्रह गरेको हो ।
नाका सञ्चालनमा नआउँदा आफूहरुको ठूलो लगानी जोखिममा परेको भन्दै उनीहरुले पहलका लागि आग्रह गरेका हुन् ।
जवाफमा अध्यक्ष दाहालले आफूले चिनियाँ राष्ट्रपतिसँगको भेटमा पनि नाका खुलाउनेबारेमा कुरा राखेको र सरकारले पनि पहल गरिरहेको भन्दै चिनियाँ सुरक्षा चासोको कारण नाका खुल्न ढिलाई भएको अनुभूति आफूलाई भएको बताए । तर पनि पहल जारी राख्ने उनको भनाइ थियो ।
सो क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरा र गृहमन्त्री शर्माले पनि आफ्नो तहबाट पहल भईरहेको बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्