२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


तालीवानी विद्रोहीद्वारा ७ जना गाउँलेको हत्या, ३० को अवस्था अज्ञात


0
Shares

कान्दाहार प्रान्तका ७० भन्दा बढी गाउँलेलाई कब्जामा लिएर तालीवानीले सात जनाको हत्या गरेका हुन् ।

कब्जामा लिइएका ३० जनालाई भने रिहा गरिएको छ भने बाँकी ३० जना गाउँलेको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

सरकारलाई सहयोग गरेको आरोपमा गाउँलेलाई कब्जामा लिइएको तालीवानले उल्लेख गरेको छ ।

अफगानिस्तानमा सरकार र तालीवानी बिद्रोहीबीचका संघर्षका क्रममा यो बर्षमात्रै एक हजार ६ सय जना निर्दोष नागरिक मारिइसकेका छन् । (एजेन्सी)