
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयलाई लिएर उनीहरु यस्तो कानुनका सम्बन्धमा सहमतिमा पुगेका हुन् ।
नयां कानुनले रुस विरुद्धको प्रतिबन्ध हटाउनले राष्ट्रपति डोनल्ड ट्रम्पको अधिकारलाई निकै सिमित पार्नेछ ।
नयां कानुन विरुद्ध उहांले भिटो प्रयोग गर्न सक्ने भएपनि यसले उनलाई क्रेमलिनको सहयोगीको रुपमा थप अप्ठेरो पार्ने विश्लेषण गरिएको छ ।
यस अघि ट्रम्पले क्रेमलिनसंग आफ्नो कुटनीतिक लचकता आवश्यक भएको बताएका थिए ।
गत वर्षको अमेरिकी चुनावको विषयमा रुसी प्रभावको मुद्धा ट्रम्पलाई पहिलो छ महिनाको कार्यकालमा सबैभन्दा असर पार्ने विषय बनेको छ ।
रुसले आरोप अस्वीकार गरेपनि अमेरिकाका विभिन्न निकायले अनुसन्धान गरिरहेका छन् ।
युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएपछि रुसले अमेरिकाको विभिन्न प्रतिबन्ध भोगिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्