
काठमाडौं, असार १८ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणका लागि कार्ययोजना नै बनाएर काम गरिरहेको जनाएको छ ।
प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम गरिरहेको प्राधिकरणले जनाएको हो ।
अनुगमनकाक्रममा काभ्रेको नमोबुद्ध नगरपालिका–१, मथुरापाटीस्थित अर्गानिक हिमालय होटलले बिजुली चोरेको फेलापरेको थियो ।
सुरक्षाकर्मीसहित आइतबार खटिएको विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले होटलले प्राधिकरणको वितरण प्रणालीबाट ‘डाइरेक्ट हुकिङ’ गरी बिजुली प्रयोग गरेको फेलापारेको थियो ।
मिटर जडान गरेपछि अहिलेसम्म १३ हजार युनिटमात्रै बिजुली प्रयोग गरेको देखियो, जहाँ रहेको विद्युतीय उपकरण हेर्दा महिनामै १३ हजार युनिट खर्च हुने देखिएको जनाइएको छ ।
सो होटलले सोमबार नै तीन लाख ३० हजार रुपैयाँ जरिवाना तिरी ‘थ्रीफेज’ मिटरका लागि आवेदन दिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्