Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


शेयर बजारमा तीब्र उतार चढाव, कारोबार अर्ब नाघ्यो


0
Shares

कारोबार शुरु भएदेखि उतार चढाव हुँदै बजार परिसूचक नेप्से नगन्य अंकले रातो रहेर १६ सय ३५ दशमलब पाँच छ कायम भएर थामियो ।

यस दिन आधाजसो समूह रातो रहे भने आधा हरियो । वाणिज्य बैंक, वित्त, जलविद्युत र अन्य समूह ओरालो लागे ।

वाणिज्य बैंक समूहमा दोहोरो अंकको गिरावट आए पनि अरु समूह नगन्य अंकले ऋणात्मक रहेका हुन् ।

बीमा, उत्पादमूलक, होटल र विकास बैंक समूह भने उकालो लागे । बीमा समूहमा २ सय ७५ अंकको उच्च बृद्धि आयो ।

उत्पादनमूलक समूहमा पनि दोहोरो अंकको सुधार आयो ।

नेपाल स्टक एक्सचेन्जमा १ सय ५१ कम्पनीको १५ लाख ५७ हजार कित्ता शेयर १ अर्ब ६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।