२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


पशु सुत्केरी भत्ता वितरण


0
Shares

लमही, माघ १४ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा पशु सुत्केरी भत्ता उपलब्ध गराउनुका साथै विपद् पीडितका परिवारलाई राहत पनि वितरण गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा आइतबार आयोजित कार्यक्रममा वडा कार्यालयले पहिलो पटक पशु सुत्केरी भत्ता वितरण शुरु गरेको हो । व्यावसायिक पशुपालनमा लागेकालाई प्रोत्साहनस्वरुप एक सुत्केरी पशुकोे रु ५०० का दरले भत्ता वितरण गरिएको वडाध्यक्ष माधव वलीले बताए ।

यसैगरी आगलागीमा परी भवन पूर्ण क्षति भएका गेहेन्द्रबहादुर खत्री र राजकुमार नेपालीलाई जनही रु ३५ हजार, आंशिक भवन क्षति भएका टोपबहादुर वलीलाई रु २० हजार, जपधन बुढामगर, सामान्य क्षतिभएका पहलवीर खड्का र देवबहादुर खड्कालाई जनही रु १५ प्रदान गरिएको थियो । (रासस)