गोरेटो बाटोकोसमेत सुविधा नभएका रसुवाका केही गाउँका जग्गामा खनजोत गरी खेती गर्न टेलर र मिनी टेलरको प्रयोग हुन थालेपछि ग्रामीण भेगमा पनि प्रविधिको प्रयोग बढ्न थालेको हो ।
राष्ट्रिय पुनर्निर्माण तथा कृषि प्रसार कार्यक्रमअन्तर्गत किसानलाई यस वर्ष ९० प्रतिशत अनुदानमा मिनिटेलर र पावर टेलर गरी एक सय थान वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय रसुवाका बरिष्ठ कृषि बिकास अधिकृत रमेश हुमागाईंले जानकारी दिए ।
कार्यालयले ५० लाख रुपैयाँ बराबरका पावर टेलर र मिनी टेलर एकजुट महिला सहकारी धारापानी, भोर्ले जिबजिबे सहकारी र्भोले, धैबुङ कालिका सहकारी तथा जनजागरण सहकारी लहरेपौवालगायतका सहकारीलाई वितरण गरेको छ ।









प्रतिक्रिया दिनुहोस्