१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


सुनको मूल्यमा कमी


0
Shares

काठमाडौं, असार १८ । सोमबार सुनको मूल्यमा पुनः कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलाको ५७ हजार ५०० रुपैयाँमा स्थीर रहेको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७६० रुपैयाँ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुनप्रति औंन्स १२ सय ५० डलर हाराहारीमा कारोबार भएको थियो ।