५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


काबुल आत्मघाती कारबम विष्फोटमा ३० जनाको मृत्यु, ४२ घाइते


0
Shares

स्थानीय समयअनुसार सोमबार (आज) बिहान ७ बजे शिया बाहुल्य पश्चिमी क्षेत्रमा आक्रमण गरिएको बताइएको छ । खनिज मन्त्रालयका कर्मचारी बोकेको बसमा कार ठोक्काएर विष्फोट गराएको प्रहरीले जनाएको छ ।

राष्ट्रपति अशरफ घानीले सर्वसाधरण र सरकारी कर्मचारीलाई लक्षित गरिएको आक्रमणको भत्सर्ना गरेका छन् । तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ ।

अफगानिस्तानमा यसवर्षको ६ महिनामा मात्रै विभिन्न आक्रमणमा परि १ हजार ६६२ जना मारिइसकेका छन् । (एजेन्सी)