१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


दोलखामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको घुइँचो


0
Shares

छुटफुट भएका र उमेर पुगेका मतदाताहरु नाम दर्ता गराउन गएका हुन् ।

फोटोसहितको मतदाता नामावली संकलन सुरु गरिएको एक हप्तामा ५१२ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युतराज उप्रेतीले जानकारी दिए ।

साउन १ गतेदेखि सुरु भएको दोलखा निर्वाचन कार्यलयमा मतदाता नामावली दर्ता गर्ने कार्यक्रम अर्को निर्वाचनको मिति घोषणा नभएसम्मका लागि निरन्तर चलिरहने कार्यालयले जनाएको छ ।

साउन १६ देखि ३२ गतेसम्म सम्बन्धित नगरपालिका र गाउँपालिकाको कार्यालयमा मतदाता नामावली दर्ता कार्यक्रम सन्चालन गरिनेछ ।