
सोमबार (आज) भिक्टोरिया डेर्बइशाइर कार्यक्रमअन्तर्गत् बीबीसीमा एख्लासले ६ महिनासम्म आइएस लडाकुले आफूलाई यौनदासीकारुपमा प्रयोग गरेको अन्त्यमा लडाकुको पन्जाबाट फुत्किन सफल भएको बताएकी छन् ।
उत्तरी इराकमा पुर्खौंदेखि बसोबास गर्दै आएकी उनी उनका परिवारसहित गाउँका सबै पुरुषलाई मारिदिएपछि आइएस लडाकुले १५० युवती तथा महिलाहरुलाई यौनदासीकोरुपमा प्रयोग गर्न अपहरण गरेका थिए ।
एख्लासकाअनुसार उनलाई १५० युवतीबीचमा गोलाप्रथाबाट चुनेर आइएस लडाकुले यौनदासीकोरुपमा ६ महिनासम्म बलात्कार गरेको थियो ।
यसबीचमा उनी माउन्ट सिन्जार नाम गरेको गाउँबाट भाग्ने कोसिस गरेकी थिइन् । तर, सफल हुन सकिनन् ।
‘निकै भयानक, डरलाग्दो राक्षसजस्तो देखिने लामो–लामो कपाल भएको लडाकु’ले उनलाई यौनदासीकोरुपमा चुनेको उनले बताइन् ।
उनी भन्छिन्–‘एक प्रकारको नमीठो गन्ध आउने जंगलीजस्तो देखिने लडाकुले मलाई प्रत्येक दिन बलात्कार गर्थ्यो, मैले आत्महत्या गर्ने कोसिस पनि गरें तर सफल भइनँ ।’
इराकी फौजले आक्रमण तीव्र बनाएपछि एकदिन त्यो लडाकु लडाइँमा गएको मौकाछोपी आफू त्यहाँबाट भाग्न सफल भएको उनले बताइन् ।
त्यसपछि उनलाई उद्धारकर्ताहरुले शरणार्थी शिविरमा लगेका थिए ।
उनी भन्छिन्–‘मैले यो सब भनिरहँदा म रोएकी छैन, म रुनलाई आँखाबाट आउने मेरो आँसु सबै सुकिसकेको छ ।’
अहिले उनलाई जर्मनीको एक मानसिक अस्पतालमा भर्ना गरिएको छ । एख्लासलाई उपचारका साथ–साथै पुर्नवास कार्यक्रमअन्तर्गत् सीपमूलक शिक्षासमेत दिइरहेको छ ।
उनले भविष्यमा कानुनी अधिवक्ता बन्ने सपना लिएको बताएकी छन् ।
Yazidi survivor: ‘I was raped every day for six months’ – BBC News
Ekhlas, a Yazidi living in northern Iraq, was 14 when so-called Islamic State held her as a sex slave.
प्रतिक्रिया दिनुहोस्